• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
मनोरञ्जन

सन्तोष र घनश्याम  उत्कृष्ट 

काठमाडौं । आमा तिलकुमारी मिडियाद्वारा आयोजित 'श्री आमा नेशनल अवार्ड २०८१' सम्पन्न भएको छ । शनिवार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । 

 

उक्त अवार्डमा चलचित्र 'चित्रा' बाट उत्कृष्ट नव नायकको अवार्ड सन्तोष अधिकारीले हात पारे भने लोकप्रिय निर्देशकको रूपमा घनश्याम लामिछानेले अवार्ड उचाले । यस्तै बाल कलाकारमा प्रिन्सु पोखरेल, सामाजिक टेलि चलचित्रमा राजु पौडेल (राजु मास्टर) हाँस्य टेलिचलचित्रमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) सिनियर अभिनेतामा देशभक्त खनाल, सिनियर अभिनेत्रीमा मिथिला शर्मा, लोकप्रिय नायकमा नाजिर हुसेन, लोकप्रिय गायकमा पशुपति शर्मा, लोकप्रिय गायिकामा स्मिता दाहाल, टेलिसिरियल कथा पटकथा संवादमा रामचन्द्र बोहोरा (बुहारी) र नेत्र रावत (कमेडी सिरियल) सम्मानित भएका छन् ।

 

कार्यक्रममा पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित भए । कार्यक्रममा पूवी रुकुमको तकसेरा समाजको पञ्चे बाजासहित विभिन्न सांस्कृतिक र साङ्गीतिक प्रस्तुति रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार