• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
मनोरञ्जन

सत्य घटनामा आधारित जोहेब  र मिलनको 'एकदिन' 

काठमाडौं । बैवाहिक जिवनमा जब सम्बन्धमा फाटो आउन थाल्छ तब दुबैले एक अर्कामा आफुले गरेको योगदान र आफु मात्र ठिक भन्ने भावना जागृत हुन थाल्छ र यहि नै सम्बन्ध बिच्छेदको मुल कारण हुन जान्छ भन्ने सन्देशका साथ गायिका मिलन नेवार र गायक जोहेब मानन्धरको  नयाँ गीत 'एकदिन' सार्वजनिक भएको  छ ।

 

जोहेब मानन्धरको नै शब्द, संगीत रहेको गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका हुन्  । हाईटेक इन्टरटेण्टमेन्टको  प्रस्तुति रहेको गीतको भिडियोमा नायक कर्मा शाक्य र रुबिना थापाको जिबन्त अभिनयर हेको छ । कविराज गहतराजको निर्देशन, दुर्गा पौडेलको सिनेमाटोग्राफी, मित्र डी गुरुङको सम्पादन रहेको भिडियोमा जोहेबको नै  कथा ,कन्सेप्टमा तयार पारिएको हो ।

 

नेपाली सांगीतिक  छेत्रमा लामो समयदेखि कृयाशिल गायक जोहेब समय समयमा आफ्ना पृथक बेग्लै गीत लिएर आउने गायकको रुपमा परिचित छन् । २०५७ सालको चर्चित गीत  ुम यस्तो गीत गाउन्छु तिम्रो चहनामाु गीतबाट चर्चा कमाएका गायक राम्रो संगीतकारको साथै रचनाकारको रुपमा पनि सफल मानिएका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार