• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
मनोरञ्जन

चलचित्र 'मोदीबेनी'को गीत 'मन्जुरी' सार्वजनिक

काठमाडौं। श्रावण१८ गते रिलिज हुने नेपाली चलचित्र‘ मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएकोछ । सिभिलमलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै मन्जुरी शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो।

 

यो गीत इन्टरनेटमा ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।'मोदीबेनी'को महत्त्वपूर्ण अंशकोरूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरणदेखिको यात्रालाई चर्चा गरेको छ।

 

एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले  गरेका छन अविरल बिस्टले शब्द रचना गरेका छन्।सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।

 

अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमरप्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने।सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा सुन्दर अभिनय गरेका छन्।

 

चलचित्रलाई आनन्दविक्रम क्षेत्रीले लेखेका छन्।चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याक ग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स रहेको छ।

 

ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको  यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दै छन्।
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार