• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
डबली

मनको पीडा, दुःख सुख, न्युरो आर्टमा आउँछ

काठमाडौं । नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानको आयोजनामा अग्रज कलाकार हरेराम जोजुसँग ललितकला संवाद कार्यक्रमको आयोजना गरिएको छ ।

 

कार्यक्रममा उनले आफ्नो कलायात्राका बारेमा जानकारी गराउँदै कलाका विधि आयामका बारेमा चर्चा गरे । उनले पोखराको कला इतिहासको चर्चा गर्दै नेपाली कलामा यसको ऐतिहासिक महत्त्व रहेको बताए । कलाकार जोजुले प्रतिष्ठानले यस किसिमको कार्यक्रमको आयोजना गर्नु कलापारखी, कलाकार, कलासाधकका लागि कला सिर्जनामा एक आयम रहेको बताए । उनले न्युरो आर्ट र अल्कोहलिक आर्टका बारेमा चर्चा गर्दै यी कलामार्फत कलाकारमा नयाँपन ल्याउन सक्ने धारणा राख्नुभयो । उनले भने, ‘मनको पीडा, दुःख, सुख, आदि पक्ष न्युरो आर्टमा आउँछ ।’ 


प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ललितकला संवाद एक प्राज्ञिक कार्यक्रम भएको बताउँदै आफ्ना अनुभव र नयाँ अनुसन्धानका विषयमा जानकारी गराएको बताए । उनले न्युरो आर्ट र अल्कोहलिक आर्ट मानव समुदायका निम्ति नयाँपन दिने खालको रहेको जनाउँदै कलाकार जोजुको अभियान सराहनीय भएको विचार व्यक्त गरे । प्रतिष्ठानका सदस्य–सचिव थुम्केलीले अग्रज कलाकार जोजुको कलायात्राका बारेमा परिचर्चा गरेका थिए ।


उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र थुम्केली, प्राज्ञपरिषद सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ तथा प्राज्ञसभा सदस्य झिग्मे लामा, प्रदिप शाक्य, ललितकला मञ्च नेपालका अध्यक्ष दिवेश प्रधान, आइडब्लुएस नेपालका अध्यक्ष एन. वि. गुरुङलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार