• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
मनोरञ्जन

राष्ट्रिय युवा गायन प्रतियोगिताको फाइनल राउण्ड सम्पन्न

काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडीया प्रा.लि. काठमाण्डौँको सह– आयोजनामा संचालीत राष्ट्रिय युवा गायन प्रतियोगितामा यहि बिहिबार गरिएको फाइनल राउण्डमा प्रतिष्पर्धी प्रतिभाशाली युवाहरु मध्येबाट मकवानपुरका दिपक राज कालीराज प्रथम, धनुषाका राजा राजपुत द्वितिय र रुपन्देहिका सुरज खातीले तृतिय स्थान हाँसिल गर्न सफल भएका छन् । 

 

सम्भवत नेपाल सरकारबाट राष्ट्रिय स्तरमा संचालन गरिएको पहिलो गायन रियालीटी सो मा १६ वर्ष कटेका ४० वर्ष ननाघेका देशै भरिबाट आधुनिक, लोक र पप÷्याप विद्यामा अभिरुची राख्ने ६५ जना युवाहरुले आफूले गायर भिडियो पठाएका थिए । उक्त डिजिटल अडिसनमा सहभागी प्रतिष्पर्धी मध्येबाट २१ जना युवा प्रतिभाहरुलाई छनौट गरि फिजिकल अडिसन अर्थात फिजिकल प्रतिष्पर्धाका लागि राजधानी काठमाडौँ बोलाइएको थियो । सोहि २१ जना प्रतिष्पर्धी मध्येबाट टप ९, टप ९ प्रतिष्पर्धीबाट टप ६, टप ६ प्रतिष्पर्धी मध्येबाट टप ३ छनौट गरि पुनः टप ३ प्रतिष्पर्धी बीच कडा प्रतिष्पर्धा गराई प्रथम, द्वितिय र तृतिय बिजेता घोषणा गरिएको थियो ।

 

उक्त राष्ट्रिय युवा गायन प्रतियोगिताको डिजिटल अडिसन देखि फिजिकल अडीसन र फाइनल राउण्ड सम्म सम्पूर्ण युवा प्रतिभाहरुको निश्पक्ष गायन क्षमता मूल्याङ्कन गर्नका लागि संगीतकार वी.पी. वाग्ले, लोक गायीका देवी घर्ती मगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए । नेपाल पर्यटन वोर्डको हलमा संचालीत उक्त राष्ट्रिय युवा गायन प्रतियोगिताको समापन समारेहको अवसरमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र वस्नेतको अतित्थ्यतामा विगत लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान दिएका पत्रकारहरुमध्ये फोटो पत्रकारिता तर्फ कान्तिपुर कर्मी प्रकाश चन्द्र तिमील्सेना, पर्यटन तर्फ रा.स.स. कर्मी सि.बी. अधिकारी, कला साहित्य तर्फ गोरखापत्रकर्मी सुकृत नेपाल, चलचित्र अनलाइन पत्रकारिता तर्फ नवीन गीरी, देशप्रेम सप्ताहिककर्मी तारा सुवेदी, आलोचना साप्ताहिककर्मी गंगा वराल र स्पेश फोर के कर्मी विनिता कुँवर क्षेत्रीलाई कदर पत्र द्वारा सम्मानीत गरिएको थियो । 


कला, साहित्य संगीत तथा सामाजिक क्षेत्रका उच्च व्यक्तित्वहरुको बाक्लो उपस्थीतीमा नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरका प्रतिनिधिहरु सहित कार्यकारी उपाध्यक्ष सुरेन्द्र वस्नेतले उक्त राष्ट्रिय युवा गायन प्रतियोगिताको बिजेता दिपकराज कालीराजलाई बिजेताको ट्रफी, प्रमाणपत्र हस्तान्तरण गदै “युवा लक्षित यस्ता सृजनात्मक प्रतिस्पर्धाले देशका कुना कन्दरामा लुकेर रहेका प्रतिभाशाली युवाहरुलाई आफ्नो प्रतिभा देखाउने र यस्तो प्लेटफर्म मार्फत अगाडि बढन सहज हुने” भन्दै युवाहरुलाई अभिप्रेरित गरेका थिए । यसैगरि सह–आयोजक मिसन सञ्चार मल्टिमीडिया ग्रुपकी अध्यक्ष पार्वती चापागाई द्वारा बिजेताहरुलाई नयाँ गीत रेकर्डिङको लागि सम्झौता पत्र प्रदान गरीएको थियो । साथै समाजसेवी तथा सल्लाहकार गेहेन्द्र प्रसाद ढकाल तथा कार्यक्रमका निर्देशक दियोजित वली, क्रियटीभ निर्देशक मोनिका सुवेदी, सह निर्देशक शितल वाग्ले र सह क्रियटीभ निर्देशक गणेश पोखरेलले कार्यक्रम सफल बनाउन अग्रणी भूमिका निर्वाह गरेका थिए ।

 

विजेताहरुको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी.पाण्डे, सुमन बैरागी र गणेश सुवेदीलाई साथै संगीत भर्नकालागि संगीतकार वि.पी. वाग्लेलाई जिम्मेवारी दिइएको थियो । कार्यक्रम संचालन वरिष्ठ संचारर्मी हेम सुवेदीले गर्नु भएको थियो भनेकार्यक्रमको प्रमुखको रुपमा रोशन सुवेदीले भूमिका निभाएका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार