• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
फेशन

सानेपामा नेपाल फेसन फेस्टिभल, ३ दिनसम्म चल्ने

ललितपुर । फेसन नेटवर्क नेपालको आयोजनामा आज जेठ ११ गते शुक्रवारदेखि तीन दिनसम्म आयोजना हुने ‘नेपाल फेसन फेस्टिभल’ प्रारम्भ भएको छ ।

 

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहीवार साँझ आयोजित एक भव्य समारोहमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतका व्यक्तित्वले रिबन काटेर उक्त फेस्टिभलको विधिवत रुपमा उद्घाटन गरेका छन् ।

 

जेठ १३ गते आइतवारसम्म सञ्चालन हुने यो फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना गरिएको छ ।उद्घाटन समारोहमा आफ्नो मन्तब्य व्यक्त गर्दै प्रमुख अतिथि उप–प्रमुख शाक्यले बुद्ध पूर्णिकाको पूण्य दिन पारेर उद्घाटन गरिएको यो फेस्टिभल आफैंमा उपलब्धिमूलक हुने शुभकामना व्यक्त गरिन् ।

 

यो फेसनसंग सम्बन्धित कार्यक्रममा म अनुभवविहिन् छु भन्ने लागेको थियो, उप–प्रमुख शाक्यको भनाइ छ– ‘तर यो कार्यक्रमको तयारी, उद्देश्य तथा प्रस्तुतिकरण देख्दा म कृतक्ष भएँ । मलाई फेसन गर्न नआउने भए पनि मैले फेसन भनेको आफ्नै आत्मविश्वासको स्तर माथि पुर्याउनै शैली हो भन्ने बुझेकी छु । यो फेस्टिभवलले जीवन शैलीका सबै पक्षहरु समेटेको पाउँदा खुशी लागेको छ । म यो फेस्टिभलको सफलताको शुभकामना चाहन्छु ।’

 

उप–प्रमुख शाक्यले मेलामा प्रदर्शकको रुपमा सहभागि ८० भन्दा बढी उद्यमी–व्यवसायिहरुलाई सफलताको शुभकामना दिँदै नेपालमै बसेर केही गर्छु भन्ने हिम्मतका लागि स्यालूट गर्ने बताइन् ।

 

आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयको कठोर परिश्रमपछि नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल अर्थात नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताउँदै निर्देशक ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीहरुलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरुको बारेमा जानकारी गराउनतथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उदेश्यले यो महोत्सवको आयोजना गरिएको बताए । 

 

नेपाल फेसन फेस्टिभलमा जेठ ११ देखि १३ गतेसम्म हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदैछ । जहाँ दुई दर्जनभन्दा बढी मोडलहरुले फेस्टिभलमै आवद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरनहरु प्रस्तुत गर्नेछन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार