• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
फेशन

नेपाल फेसन फेस्टिभलमा अपेक्षा गरिएको भन्दा बढी सहभागि

काठमाडौं  । नेपालमै पहिलो पटक आयोजना गरिएको तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ सफलतापूर्वक सम्पन्न भएको छ ।



‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ फेसन नेटवर्क नेपालले गत जेठ ११ गतेदेखि १३ गतेसम्म अर्थात गत शुक्रवारदेखि हिजो आइतवारसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो भव्य फेसन फेस्टिभलको आयोजना गरेको हो ।



आयोजक संस्थाका संस्थापक निर्देशक प्रशान्त ताम्राकारका अनुसार नेपाल फेसन फेस्टिभलमा अपेक्षा गरिएको भन्दा बढी सहभागिता भएको छ । ‘तीन दिनको अवधिमा हाम्रो फेस्टिभलमा करिव सात हजार  बढीले अवलोकन गर्नु भएको तथ्यांक छ, निर्देशक ताम्राकार भन्छन्– ‘लामो गृहकार्यपछि हामीले जुन उद्देश्यले यो फेस्टिभल आयोजना गरेका थियौं, त्यसमा धेरै हदसम्म सफल पनि भयौं ।’



आयोजक संस्थाका अर्का संस्थापक शेखर राज कसजुका अनुसार फेस्टिभलमा युवा पुस्तासहित हरेक उमेर समुहका व्यक्तिहरुले अवलोकन गरेको, स्टलहरुमा फेसनदेखि जीवन शैली र स्वास्थ्य सेवाहरु लिएको तथा प्यानल डिस्कनदेखि रनवे फेसनबाट मनोरञ्जन लिएका थिए ।



नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा अगाडि बढाउने उदेश्यले फेसन नेटवर्क नेपालले नेपालमै पहिलो पटक यो फेस्टिभल आयोजना गर्न गरेको हो ।


शुक्रवारदेखि आइतवारसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म फेस्टिभलस्टलमा अवलोकन गर्नेहरुको घुईँचो देखिन्थ्यो । पहिलो दिन शुक्रवार करिव दुई हजार जनाले अवलोकन गरेको फेस्टिभलमा शनिवार तथा आइतवार भने करिव तीन–तीन हजारको संख्या अवलोनकर्ताहरु फेस्टिभलस्थलमा पुगेका थिए ।

 

फेस्टिभलमा करिव ८० वटा स्टलहरुमार्फत पहिरनदेखि गरगहना, मेकअपदेखि स्वास्थ्य सेवा, शिक्षादेखि खानाका परिकारसम्म सजिएका थिए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार