• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
बिश्व

मलेशियामा कार र मोटरसाइकलमाथि विमान खस्दा १० जनाको मृत्यु

मलेशियामा एउटा निजी विमान एउटा राजमार्गमा कार र मोटरसाइलमा गएर ठोकिँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाए‍को छ।मृत्यु हुनेमध्ये आठ जना विमानमा सवार व्यक्ति थिए भने दुई जना गाडीमा थिए।

 

राजमार्गमा दुर्घटनाग्रस्त हुँदा उक्त जेटमा विस्फोटन भएको र धुँवाको कालो मुस्लो निस्किएको दुर्घटनास्थलमा खिचिएको भिडिओमा देखिन्छ।उक्त विमान लाङ्कावी टापुबाट देशको राजधानी क्वालालम्पुरभन्दा पश्चिममा अवस्थित सेलाङोरका लागि उडेको थियो।

 

अधिकारीहरूका अनुसार बीचक्राफ्ट मोडल ३९० को उक्त विमानले बिहीवार दुर्घटना हुनुअघि एअर ट्राफिक कन्ट्रोल टावरसँग सम्पर्क गुमाएको थियो।"कुनै आपत्कालीन सन्देश आएको थिएन। उक्त विमानलाई अवतरण गर्ने अनुमति दिइसकिएको थियो," हुसेन ओमर खानले भने।

 

मृत्यु हुनेमध्ये एक जना स्थानीय नेता भएको उक्त उडानमा सवार यात्रु र चालकदलका सदस्यको सूचीले देखाउँछ।तर मलेशियाका यातायातमन्त्री एन्थनी लोकले एउटा स्थानीय अस्पतालमा जाँच भइरहेको भन्दै मृतकहरूको पहिचान खुलाउन अस्वीकार गरे।

 

उक्त जेट विमानचालक शाहरुल कमल रोस्लानको नेतृत्वमा उडेको थियो। उनको पनि दुर्घटनामा मृत्यु भएको छ।मलेशियाको नागरिक उड्डयन निकायका अनुसार प्रारम्भिक छानबिनमा उक्त विमानले उडानको अनुमति पाएको थियो र त्यसका दुवै चालक अनुभवी थिए।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार