• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

अभिनेत्री उप्रेती २६ मतले पराजित, कलाकार संघमा निरौला निर्वाचित

काठमाडौं । चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सङ्घको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो। कलाकार निरौलाले रेजिना उप्रेतीलाई २६ मतले हराएका हुन । निरौलाले दुई सय ३५ मत प्राप्त गरेका थिए भने उप्रेतीले २०९ मत प्राप्त गरिन। 

 

यसबाहेक २६ मत बदर भएको थियो । यस्तै, उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भए भने सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल निर्वाचित भएका छन्  । 

 

सङ्घको सह-कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन भने सदस्यहरुमा शीतल केसी, गोपाल ढकाल, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार