• आइतबार ४-६-२०८१/Sunday 07-21-2024
रंगमञ्च

'नाटक निर्देशन गर्नु चानचुने कुरा होइन'

अहिले रङ्गमञ्चको स्थिति र यसको चुनौती कस्तो देख्नुहुन्छ ?
नेपाली रङ्गमञ्च आफ्नै लयमा हिँडिरहेको छ। हामीजस्ता रङ्गकर्मी जो सङ्घीय राजधानी बाहिर पनि नेपाली रङ्गमञ्चको सम्भावना खोजिरहेका छौँ। विस्तारै नेपाली रङ्गमञ्च सङ्घ, प्रदेश हुँदै जिल्ला जिल्लामा पुग्ने क्रममा छ। जहाँसम्म यहाँले चुनौतीको कुरा गर्नुभएको छ, यो सन्दर्भमा भने सिङ्गो नेपालको रङ्गमञ्चलाई एउटै कसीमा राखेर हेरिनु हुँदैन भन्ने मलाई लाग्छ। किनकि चुनौतीहरू ठाउँ, परिवेश र परिस्थितिअनुसार फरकफरक हुन सक्छन्। यसो भन्दै गर्दा यसमा चुनौती छँदै छैनन् भन्ने पनि होइन। जहाँसम्म पोखराको कुरा गर्नुहुन्छ भने यहाँका चुनौतीलाई दुई किसिमले हेरिनुपर्छ। कोरोना महामहारीपूर्वको चुनौती र कोरोनापश्चात्को चुनौती। हामीले नाटक घर स्थापनामा जति चुनौतीको सामना गर्नुप(यो, त्योभन्दा बढी चुनौती यसको स्थायित्वमा थपिए।

 

रङ्गमञ्चमा लाग्नुभएको कति भयो ?
२०६८ सालबाट म रङ्गमञ्चमा सक्रिय भएको हुँ। पछिल्लो समय मैले अन्य काममा भन्दा रङ्गमञ्चमा नै आफ्नो ध्यान केन्द्रित बनाइरहेको छु। 

 

नाटक गरेर के हुन्छ रु आम मानिसले किन नाटक हेर्ने जस्तो लाग्छ तपाईंलाई  ?
यसमा सबैको आ–आफ्नो दृष्टिकोण हुन्छ। किनकि समाजका विभिन्न पेसामध्ये यो पनि एउटा हो। नाटक एउटा त्यस्तो शान्त सागर हो जसले समाज र त्यसभित्रका अलिखित र अदृश्य आयामलाई चलायमान गर्छ। तसर्थ आफ्नो अनुकूल मिलेसम्म नाटक मात्र होइन, कलासँग जोडिएका सबै विधासँग केही सम्बन्ध जोड्न म सबैलाई अनुरोध गर्छु।

 

आफैँले नाटक निर्देशन गरेर नाटक चलाउन कत्तिको सजिलो छ ?
धेरै नै गाह्रो छ। निर्देशन गर्नु भनेको चानचुने कुरा होइन। यसमा सबैलाई समेटेर जानुपर्छ। कलाकारलाई कथाका बारे र उनीहरूको क्यारेक्टरअनुसार काम बुझाएर लैजानुपर्ने हुन्छ। 

 

विश्व बजारमा हाम्रो कला साहित्य परिचित हुन नसकेको हो ?
हाम्रो कला साहित्य विश्व बजारमा परिचित हुँदै नभएको होइन तर जति हुनुपर्ने त्यति भएको छैन। हामीले हाम्रो कामको व्यवस्थापनलाई भयङ्कर सुधार गर्नुपर्छ। विश्व बजार माया, दया र दानले मात्र चल्दैन। त्यहाँ इमानदारिता, लगनशीलता र अनुशासन अलि धेरै चाहिन्छ। यस बारेमा हामीहरूले आत्मसमीक्षा गर्नुपर्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार