फेरी बढ्न थाले कोराना संक्रमित
काठमाडौं । आज एकै दिन २०० बढी कोराना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा २०६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ५०७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ८१० पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस