• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
खेलकुद

मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । मुख्य प्रशिक्षक अलमुताइरी शनिबार (आज) नेपाल आइपुगेका हुन् ।

 

विमानस्थलमा प्रशिक्षक अलमुताइरीलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गर्दै प्रशिक्षक अलमुताइरी नेपाल फर्किएका हुन् ।

 

उनको पछिल्लो सम्झौता भने सन् २०२२ को सेप्टेम्बर सम्म रहेको थियो । नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहनेछन् । २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा नेपाललाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन् । असोज ३० गते भएको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो ।

 

अलमुताइरी २०७७ चैतमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । प्रो–लाइसेन्स प्राप्त अलमुताइरी सन् २०२२ को फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटका लागि नेपाली टोली सम्हाल्न नेपाल आएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार