आज दोहोरो अंकले ओरालो लाग्यो नेप्से
काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
आज १५ दशमलव ११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ अंकमा झरेको हो। नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु होटल तथा पर्यटन र विकास बैंक भने वृद्धि भएका छन्। बाँकी सबै सबइन्डेक्सहरु घटेका छन्।
आज कारोबार ११ अर्ब पनि पुग्न सकेन। १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ भएको छ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस