• सोमबार १-२४-२०८१/Monday 05-06-2024
डबली

अन्तरङ्ग शुभेच्छ्या

रुचि पाठकको समाचार भनी
होमियौ समरमा सारथी बनी 
बामे सर्दै टुकुटुकु हिँड्ने भयौ
तिमी सत्कर्मको नमूना बन्यौ ।

 

आवाज नहुनेको आवाज बन्नु
तिमी निर्बलहरुको शक्ति बन्नु
तिम्रै कारण सब चक्षु खुलोस् 
हटोस् अँध्यारो, ज्योति बलोस् 

 

सत्यको धुनीलाई सँधै जगाई
न्यायको निम्ति तिम्रो लडाई
चार भयो, पुगोस् चालिससम्म  
त्यसकै निम्ति तिमीलाई बधाई ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार