• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
डबली

लेखक प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘समृद्धिको रोडम्याप’लोकार्पण

काठमाडौं । लेखक प्रकाश विकल्पद्वारा लिखित पुस्तक ‘समृद्धिको रोडम्याप’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरेका छन् । 

 

पुस्तकको विमोचन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका हुन् । लेखक तथा नागरिक अगुवा युग पाठक र राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गरेका थिए । पुस्तकका विषयमा उठेका प्रश्न र टिप्पणीमाथि लेखक विकल्पले जवाफ दिएका थिए ।

 

विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाइँ आफू प्रधानमन्त्री बन्न नभएको बताए। सो पुस्तक इन्डिगो इङ्कले प्रकाशन गरी बजारमा ल्याएको हो ।

 

यसअघि लेखक विकल्पले ‘देश किन बनेन’ नामक पुस्तक बजारमा ल्याइसकेका छन् । सो पुस्तकको अपार सफलतापछि उनले दोस्रो पुस्तकका रुपमा ‘समृद्धिको रोडम्याप’  सार्वजनिक गरेका हुन ।

 

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्यापले समृद्धिको सवालमा कयौ प्रश्नहरु उठाएको भन्दै उनले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै सम्बृद्धिको रोडम्याप अझै परिष्कृत हुदै जाने विश्वास व्यक्त गरेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार