• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

भुस्याहा कुकुर झैँ कराउँदैमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्न : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरले भुस्याहा कुकुर झैँ कोही कराउदैमा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने बताएका छन्। उनले आफूहरु जुनसुकै परिस्थितीको सामना गर्ने तर प्रधानमन्त्रीले तत्कालै पदबाट राजीनामा नदिने स्पष्ट पारे ।

 

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘केपी ओली लोकतन्त्रमा बिश्वास राख्ने नेता हुन्, भुस्याहा कुकुर जसरी सडकबाट कोही कराउदैमा पदबाट राजीनामा दिन्न।’ त्यस्तैगरी उहाँले हिम्मत भए प्रधानमन्त्री ओलीबिरुद्ध अबिश्वास प्रस्ताव राखेर देखाउन प्रचण्ड-नेपाल समुहलाई चुनौती दिए ।

 

‘हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउनु, केपी ओली डटेर सामना गर्न तयार हुनुहुन्छ’ उनले भने, ‘हामी संसद बैठक बोलाउछौं, अविश्वास प्रस्ताव राख्ने कसैको हिम्मत छ ?’ उनले अविश्वासको प्रस्तावमा जे परिणाम आएपनि स्वीकार गर्ने तर तत्कालै प्रधानमन्त्रीले राजीनामा नदिने दाबी गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार