कोरोना भाइरसका ८० जना सङ्क्रमित थपिए,१२१ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ८० जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित निको भएको जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । हाल एक हजार ४९४ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयले हालसम्म दुई लाख ६९ हजार ८७६ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म एक हजार ४९४ जना सङ्क्रमित आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस