वरुणले गरे नताशासँग बिवाह
काठमाडौं । बलिउड कलाकार बरुण धवन र फेशन डिजाइनर नताशा दलाल आइतवार बैवाहिक बन्धनमा बाँधिएका छन् ।
विधालय जीवन देखी प्रेम सम्वन्धमा रहेका यी दुई केही समय साथीको रुपमा रहेका थिए भने केही समयपछि दुईबिचको साथीत्व प्रेममा बदलिएको थियो । वरुणले नताशा दलालसँगको लामो प्रेमसम्बन्धलाई २४ जनवरीमा विवाह बन्धनमा परिणत गरेका हुन् ।
फेशन डिजाइन दलाल र धवनको बैवाहिक कार्यक्रम अलिबागको द मन्शन हाउस नामको रिसोर्टमा भएको थियो । विवाह बन्धनमा बाँधिएका उनीहरुले कडा सुरक्षाको साथ विवाह समारोह आयोजना गरेका थिए ।
समारोहमा सहभागी सबैको कोरोना परिक्षण पछि मात्रै भित्र जाने अनुमति थियो। करण जौहर, मनीष महल्होत्रालगायत केही बलिउडकर्मीहरु र नजिकका पारिवारिक व्यक्तिहरुको उपस्थितीमा विवाह समारोह गरिएको थियो। एजेन्सी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस