शेयर बजार झण्डै १६ अङ्कले बढ्यो
काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार झण्डै १६ अङ्कले बढेको छ । नेप्से १५ दशमलव ८७ अङ्कले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको हो ।
बुधबार जीवन बीमा समूहको शेयर सात सय २९ अङ्कले, निर्जीवन बीमाको एक सय ८५ अङ्कले, जलविद्युत् समूहको शेयर ५३ अङ्कले, फाइनान्सको ४३ अङ्कले र माइक्रो फाइनान्स समूहको शेयर २९ अङ्कले बढेको छ ।
बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको शेयर ओरालो लागेको छ । दुई सय ११ कम्पनीका एक करोड ५९ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब २१ करोड रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६१ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ । बुधबार १५ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस