• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
स्वास्थ्य

थप ३४८ जनामा कोरोना पुष्टि,४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ३४८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुई लाख ६२ हजार २५९ जना सङ्क्रमित निको भइसकेको बताएको छ ।

 

हाल तीन हजार ७६४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ९९२ जना सङ्क्रमित भएका छन् ।

 

पछिल्लो चौबीस घण्टामा ४ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म एक हजार ९६९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ७६४ जना आइसोलेशनमा र १९० जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार