• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
राजनीति

भुमिगत समूहलाई निस्तेज पार्न कुनै कसर बाँकी नराख्नु : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) समूहप्रति कडा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । ६५ औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन।

 

उनले विप्लव समूहको नाम नलिइकनै विप्लव नेकपाप्रति लक्षित गर्दै भने, 'संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक–अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन् ।'

 

प्रहरी संघीय स्वरुपमा गएसँगै यसले धेरै प्रहरी कर्मचारी संगठनको अग्रगामी विकास हुने बताए। समायोजनका लागि तयारी अवस्थामा रहन समेत गृहमन्त्री थापाले भने।

 

संगठनको सुदृढीकरण र शुद्धीकरणका लागि प्रहरी नेतृत्वले थालेको अभ्यासलाई गृह मन्त्रालयले सदैव सकारात्मक सहयोग रहने विश्वास दिलाए। प्रहरीको रासन लगायका सुविधामा समयानुकूल सुधार गर्दै लैजाने र प्रहरीको मनोबल उच्च पार्ने गृहमन्त्री थापाको आश्वसन छ।

 

गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नसमेत प्रहरीलाई निर्देशन दिए । नेपालमा राजनीतिक नारा बोकेर विप्लव समूह भूमिगत छ । सरकारले सो समूहमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार