सोमबार पनि घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । सुनको मूल्य आइतबारभन्दा २ सय रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।
छापावाल सुनको मूल्य घटदा तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँ प्रतितोलामा घटेर कारोबार भएको छ । महासंघका अनुसार सोमबार तोलाको एक लाख एक हजार नौ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।
आइतबार रेकर्ड कायम गरेको चाँदीको मूल्यमा भने सोमबार गिरावट आएको छ । चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस