• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
रंगमञ्च

‘दुईजनाको मन मिलेपछि के असम्भव हुन्छ’

रंगमञ्चमा लाग्नुभएको कति भयो ? 
म यो क्षेत्रमा लागेको त्यस्तै ८ वर्ष जति भयो  ।

 

नाटकमा तपाईको सुरुवात कसरी भयो ? कहिले तपाई लाग्यो यही क्षेत्रमा काम गर्छु भन्ने ?
मलाई म व्यवसायिक रुपमा यो क्षेत्रमा लाग्छु जस्तो लागेको थिएन । तर मेरो दाई पनि यही क्षेत्रमा लाग्नुभएको हुनाले म प्रभावित भएको हुनसक्छ । 

 

नाटक गरेर के हुन्छ ? तपाईलाई आम मानिसले किन नाटक हेर्ने जस्तो लाग्छ ?
म नाटक गर्दा सन्तुष्ट महसुुस गर्छु । मलाई आममानिसले साहित्य के हो भन्ने बुझ्नलाई नाटक हेर्छन जस्तो लाग्छ । 

 

तपाईले नाटकमा अभिनय गरेको खासै देखिदैन, नाटकमा अभिनय गर्न मन लाग्दैन कि चान्स नपाएको ?
त्यस्तो होइन । नाटकहरुमा अभिनय गरिरहेकै छु । पछिल्लो पटक नाटक गरेको एकडेढ वर्ष भयो । त्यसपछि अलि माहोल जुरेको छैन । मन नलागेको र चान्स नपाएको हुँदै होइन। 

 

आफैंले नाटक निर्देशन गरेर नाटक चलाउन कत्तिको सजिलो छ  ?
मलाई यसबारे खासै ज्ञान छैन किनकी मैले अहिलेसम्म नाटक निर्देशन गरेको छैन । 

 

 

पुरानो रंगकर्मी कसको कामबाट तपाई धेरै प्रभावित हुनुहुन्छ ?
सौगात मल्ल, बिपिन कार्की, प्रविण खतिवडा, कमलमणि नेपाल, भोलाराज सापकोटा, पशुपति राई लगाएतका कलाकारहरुबाट म धेरै प्रभावित छु । 

 

रंगकर्मीहरुको कुनै गुट वा संगठन छ ?
त्यस्तो छ जस्तो मलाई लाग्दैन । 

 

विश्व बजारमा हाम्रो कला साहित्य परिचित हुन नसकेको हो ?
यो चाँही पक्का नै हो । 

 

नाटक मै लागेर जिन्दगी धान्न सकिन्छ ?
यसमा हामी कस्तो जिन्दगी बाच्ने भन्ने कुरामा भरपर्छ । 

 

तपाई अलि लजालु र धेरै नबोल्ने रंगकर्मी पर्नुहुन्छ  ? के यो साँचो हो ?
यो भन्दा पनि, म अनावश्यक कुरा बोलेर बस्न रुचाउँदिन । 

 

म्युजिक भिडियोमा जम्न थाल्नुभएको छ, निकै कमाइन्छ कि कसो ?
त्यस्तो पनि होइन । म मेरो कमाईबाट सन्तुष्ट छु । 

 

तपाई प्राय लक्ष्मी वर्देवासँग मात्र म्युजिक भिडियोमा देखिनुहुन्छ, अरुसँग अभिनय गर्न मन लाग्दैन ?
यो त भर्खरै शुरुवात भएको हो । मैले अरु कलाकारहरुसँग पनि काम गरेको छु । हाम्रै निर्देशनमा बनेको म्युजिक भिडियोहरुमा अलि बढि देखिएर त्यस्तो लागेको हुन सक्छ । 

 

रंगमञ्च, चलचित्र र म्युजिक भिडियोमा काम गर्न कुन सजिलो ?
सबै उस्तै नै हो । यसमा कुन सजिलो कुन गाह्रो भन्ने नै छैन । सबैमा अभिनय नै गर्ने हो । 

 

पछिल्लो म्यूजिक भिडियो 'रुमालै चिनो धोईधोई' को निकै चर्चा छ नि ?
मेरो पनि मन छोएको छ 'रुमालै चिनो धोईधोई' म्युजिक भिडियोले । 

 

तपाईको लभ-म्यारिज होइन त ?
लभ-म्यारिज नै हो । 

 

बिवाह कसरी सम्भव भयो ? घरपरिवार सहमती हुनुभयो त ?
दुईजनाको मन मिलेपछि के असम्भव हुन्छ र । अब घर-परिवारले बिस्तारै मान्दै जानुहुन्छ । 

 

 

लक्ष्मी बर्देवा र तपाईको कति वर्षको प्रेम पछि बिवाह भएको हो ? 
हाम्रो चारवर्षको प्रेमपछि विवाह भएको हो । 

 

यो क्षेत्रमा तपाई कम लक्ष्मी बर्देवा अलि धेरै भिज्नु भएको जस्तो देखिन्छ नी, के हो कुरा ?
यो क्षेत्रमा अनुभवको हिसाबले म भन्दा उनी अनुभवी नै हुन । म आफैं पनि उनको कामको ठुलो प्रशंसक हुँ । 

 

कतिको सहयोगी हुनुहुन्छ लक्ष्मी बर्देवा ?
लक्ष्मी एकदमै सहयोगी छिन् । मैले भन्नु भन्दा पनि विवाह पछि हामीमा आएको सकारात्मक परिवर्तन (व्यवसायिक हिसाब) ले पनि यसबारे प्रष्ट हुन्छ जस्तो लाग्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार