• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
राजनीति

राष्ट्रपतिलाई भेट्न अध्यक्ष दाहालसहित नेकपा शीर्ष नेताहरु शितल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठकलाई बेवास्ता गर्दै फरक ढंगले अगाडी बढ्ने संकेत गरेपछि नेकपाका शीर्ष नेताहरु शितल निवास पुगेका छन् ।

 

नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । केहिबेर अघि अन्य नेकपाका नेताहरु बामदेव गौतम र नारायणकाजीसहित राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

 

शनिबार साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार