• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
अर्थ

‘लकडाउनका बेला कर माग्नु नागरिकलाई हेप्नु को पराकाष्ठा हो’

नेतृ रिता खनाल

काठमाडौं । बिपन्न श्रमजीवी नागरिक र  धारापमा परेका उधोग व्यावसायिहरुलाई राहत र प्याकेज दिएर टेको लागाउनु पर्ने बेलामा उल्टो कर तिर्न ताकेता गरेको भन्दै नेपाली काग्रेस सम्बद्धले यसको बिरोध गरेका छन । नेपाली काग्रेस नेतृ रिता खनालले सरकार उद्यमीर र आम जनताको पक्षमा नभएको आरोप लगाकी छन ।


अर्थ मन्त्रीका पछिल्ला गतिबीधिबारे आक्रोश पोख्दै उनले भनिन,  ‘तिमी बाच मर बौलाहा हौ वा आत्महत्या गर तर सरकार लाई कर तिर त्यो कोष ल्रे हामी तिम्रा नाम देखाएर अर्बौं भ्रस्टाचार गर्छौ, वडा देखि तिनै तहको सरकार र बिशिस्ट अतिबिशिस्टहरुको भत्ता सुबिधा को नाममा ब्रम्ह लूट गर्छौ हो, सरकार  करोडौं को कार्पेट र गलैंचा किन्छौ, मन्त्री निवासमा जिम खोल्छौ करोडौं को गाडी अर्बौं को हेलिकप्टर चढ्छन ।’ 

 

नेतृ खनालले जनताको नाममा जनताको हुर्मत लिने सरकारले बिलासितामा रमाएको ओरोप लगाएकी छन । ‘सरकार मेरो मत ले मै माथी निरंकुशता र मै दिनानुदिन दरिद्रता र बेथितिको शिकार हुनुपर्ने हो भने तिम्रो आदेश को उलंघन गर्ने तयार रहेको पनि उनले बताएकी छन । जनता सडकमा उर्लियो भने तिमिलाइ सत्ता बाट सडक मा ल्याइ पुर्याउने छन र तिम्रो कम्युनिस्ट अधिनायकवाद को स्थायी बहिर्गमन गर्ने छन ! चेतना भया ! नागरिक माथी को हेपाहा प्रबृत्ति हद भयो सरकार !’ 

 

राजस्व विभागले जेठ २५ गतेभित्र सम्पूर्ण कर विवरण तथा कर बुझाउन ताकेता गर्दै अन्यथा जरिवाना लाग्ने सूचना निकालेपछि व्यवसायीहरु आक्रोशित बनेका छन । व्यवसायीहरुले लकडाउनका बेला बैंकसम्म पुग्न समेत नसकिने भन्दै अहिले करका लागि ताकेता गर्ने सरकारको निर्णयको विरोध गरिरहेका छन् । तर सरकारले भने कर तिर्न जाने व्यक्तिलाई पासको व्यवस्था मिलाइसकेको बताएको छ ।

 

यसका साथै डिजिटल भुक्तानी प्रणाली समेत रहेकोले अनावश्यक बहाना बनाउन नहुने जनाएको छ। झण्डै ढाई महिनादेखि जारी लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेका बेला राज्यले कर तिर्न ताकेता गरेपछि निजी क्षेत्रबाट त्यसको विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार