• मंगलबार १-२५-२०८१/Tuesday 05-07-2024
बिश्व

‘हामीहरु मानव क्रूरताको युगमा बाँचिरहेका छौं’ ( १)

लकडाउन – १८

यो समय प्रतिबिम्ब हो – यो अफ्ठ्यारो समयमा हामीले के गर्न सक्छौं वा सक्दैनौं भनी चिन्ने । तर एउटा कुरा सिक्न सक्छौं - समानुभूति।


हामीहरु मानव क्रूरताको युगमा बाँचिरहेका छौं । 

 

करिब दुई महिना भयो पहिलोपटक लकडाउन भएको । मैले मेरो आसपास मानिसहरु कोरोनापुर्व संसार  र कोरोना पछिको संसार भनी स्वर्ग र पृथ्वीजस्तै भिन्नता देखाएका छन तर मैले यो दृष्टिकोणलाई स्वीकार गरेको छैन । तर यो लकडाउनमा एउटा कुरा प्रस्ट र तीखो रुपमा आएको छ हाम्रो समाजमा – त्यो हो संवैदनशीलताको पूर्ण अभाव र मान्छेको दरिद्रता ।  

 

केहि पनि स्थायी छैन मात्र परिवर्तन स्थायी छ तर हाम्रो समाजको परिपेक्षमा मानवीय दरिद्रता अपरिवर्तनीय छ – यो स्थायी छ । मानवीय दरिद्रताको स्वरूप र परिमाण फरक होला तर यसको उपस्थिति पक्का छ ।

 

लकडाउन नबरात्री लगत्तै लागु भएको थियो र मलाई वाट्सअप  समुहमा सन्देश आयो ?

 

'यस्तो लाग्छ अब कलियुग सकिएको छ र सत्ययुग सुरु भएको छ । प्रदूषणरहित वातावरण छ । समानता प्राप्त भएको छ – अब कोहि नोकर छैन, घरका सबैले संगै घरयासी काम गरेका छन, ब्रत बसेका छन, भजन र रामायण गएका छन, र इत्यादि ।'

 

यो ठिक त्यो समय थियो जतिबेला भाइरस र अनिश्चित भविष्यको डरले लाखौँ प्रवासी श्रमिक भोक र तिर्खाले ग्रस्त हुँदै खुइलेको चप्पल र च्यातिएको झोला बोकी आफ्नो गाउँ जान महानगरका सडकमा झरेका थिए । 

 

तर ती चित्रहरु प्रति गरिएको प्रतिक्रिया एकदम झर्को लाग्ने खालको थियो ?

 

'यी तीनै प्रवासी हुन जो बर्षौं देखि आफ्ना गाउँ गएका थिएनन्, त्यस कारण किन उनीहरु थुपुक्क आफ्नै घरमा बस्दैनन् ? उनीहरुले अघिल्लो महिना नै दुई महिनालाई पुग्ने खाने कुरा ल्याएर घरमा नै बस्नु पर्ने। अहिले एक्कासि किन गाउँ जान दुख गर्नु पर्यो !'

 

पत्रकारको रुपमा गर्नुपर्ने एक काम भनेको मन नलागे पनि समाचार बारे जानकार हुनुपर्ने हो । यो लकडाउनमा मैले प्रवासी कामदारको अवस्थामा लेखिएको कति समाचार वा रिपोर्ट पढें र सच्चाए भनी गन्न छुटाएको छु । सबै रिपोर्टको एक सार छ, चुनौतीपूर्ण जीवनको बढ्दो चुनौती ( सानो पसल, होटल, ढाबा, वा ठेला गाडी-पसलमा काम गर्ने प्रवासी कामदारलाई उनका मालिकले भने 'अवस्था सुध्रिएपछी मात्र फिर्ता आउनु।'

 

बस्ने ठाउँ नहुँदा र खाने निश्चित नहुँदा, उनीहरु हिड्न सुरु गरे। अन्तरराज्य बस स्ट्याण्डमा जम्मा भएको प्रबासीहरुको भिडमा एक बाल श्रमिक रोइरहेको थियो । मलाई शंका छ कि म उसको दुख्त रुवाइको आवाज कहिले बिर्सन सक्ने छु । अनगिन्ती परिवारहरु, नवजात शिशुलाई काखमा च्यापेर अनि सानो बच्चालाई झोलामा राखी वा काधमा बोकी, सडक र राजमार्गमा हिडे । तर त्यो दृश्यले कत्ति पनि समानुभूति पैदा गर्न सकेन ।

 

दिल्लीको एक झुपड बस्तीमा युपीबाट आएको एक प्रबासी श्रमिक ९मानसिक रुपमा अशक्त० आफुलाई काम दिने कन्ट्रयाक्टरलाई भेट्न गए र त्यहि अल्झे । उनको गर्भवती श्रीमती एक्लै भईन र छिमेकीले हस्पिटल लागे। केहि समयमा उनको बच्चा  भयो । ती महिला आफ्नो सन्तानलाई काखमा बोकेको छिमेकीको काध समाती आफ्नो फर्किदा घरमा खानेकुरा र पैसा थिएन । के उसको श्रीमानलाइ थाहा छ उसको परिवारमा आएको अतिरिक्त सदस्य –उसको छोरी ?


यो डरलाग्दो अबस्थामा, प्रशासनले यस्ता प्रबासी श्रमिकहरुलाई राहत अभियानमा राखेको थियो जहा सामान्य आधारभूत सामाग्री र प्रसस्त खानेकुराको अभाव थियो । श्रमिकहरुको भीड बिहानैबाट खानेकुराको निम्ति पंक्तिबद्द भएको त्यहाको प्रतिवेदन र चित्रहरु  बिर्सन नसकिने खालको छ ।

 

त्यस्तै एक प्रबासी कामदारहरुको समुह भोक र तिर्खालाई वास्ता नगरी ८०० किलोमिटर हिडेर घर पुग्ने आँट गरे। धेरै जसो खुट्टाले हिडेर, केहि गाडीमा, केहि पानी बोक्ने गाडी वा ट्रक चढेर उनीहरुले त्यो लामो दुख लाग्दो यात्रा गरे । ती श्रमिक जब आफ्नो गाउँ पुगे त्यहाँ उनीहरुको लागि प्रशासनले क्वारेन्टाइन बनाएको थियो जहाँ खानेकुराको व्यवस्थापन र प्रयोग गर्न मिल्ने शौचालयको अभाब थियो । उनीहरुलाई हेर्ने व्यावसायिक स्वास्थ्यकर्मीहरुलाइ गत डेड बर्षदेखि तलब दिइएको थिएन ।

 

यो बिचमा त्यता प्रबासी श्रमिक थिए जसको यात्रा बिचमा सक्कियो – यात्रामा उनीहरु लडे अनि मरे। केहि श्रमिकको पुरानो रोग बल्झ्यो ।  कति धेरै आफ्नो परिवारभन्दा टाढा सुनसान ठाउमा मरे जसकारण उनीहरुको अन्तिम सस्कार सरकारी कर्मचारीको दयाको भरमा भयो ।

 

मैले एक प्रवासी श्रमिकले आफ्नो बिरामी दाईलाई एम्बुलेन्समा हजार किलोमिटर पर आफ्नो गाउमा लगेको बारेमा यस्तै एक रिपोर्ट सम्पादन गरेको थिएँ। घर पुग्न करिब केहि किलोमिटर बाँकी रहदा उसको दाईले अन्तिम सास लियो । जब मैले उसको फोटो हेरें, उसको अनुहार परिचित लाग्यो। तर म त्यो ठाउमा कहिले गएको थिइन र त्यो ठाउँका कोहिसग पनि मेरो सम्पर्क थिएन ।   

 

अनि मैले सम्झें। त्यस्तै प्रकृतिको एक प्रतिबेदन दिल्ली हस्पिटलमा मरेको एक पलम्बरको पनि थियो। दिल्लीबाट लास युपी लग्न नसक्दा उनीहरुका परिवारले उसको अन्तिम सस्कार गाउमा मुर्ति बनाएर गरेका थिए । 


यी दुवै उदारहणहरुमा प्रबासी श्रमिकहरुको दृश्यमा उही असाहय आँखाहरु देखेंस समानता देखे परिस्थितिहरु – श्रीमती र बच्चाहरु अनि घरबाट टाढा बसेका । त्यो घटना सम्पादन गर्दा मैले मेरो घरमा आउने  पलम्बरको अनुहार बनाउने कोशिस गरें र अनि मैले सझिने कोसिस गरें कि त्यो व्यक्ति मैले चिनेको पलम्बर होइन। त्यहि बेला आर्को बिचारले आक्रमण गर्यो – यदि मैले मेरो पलम्बर देखें भने के म उसलाई  चिन्न सक्छु ?

 

अहिले मलाई घरायसी काममा सघाउने कोहि छैन तर मैले मेरोमा काम गर्ने दिदीलाई कस्तो छ भनेर बुझ्न फोन गरें । त्यो बेला उनले राहतस्वरूप खानेकुरा पाइरहेकी रहिछन, तर उनलाई थाहा छैन कसले दिएको। लाइनमा बस्न एकदम लाज मानि, उनले घर घरै राहत बाड़नेको सहयोग स्वीकार गरेकी रहिछन। दिदीलाई काम नगरेको बेलाको तलब आउदैन भन्ने बुझ्न कत्ति समस्या थिएँन – वास्तवमा उनी भोकै बस्न पर्ने भएपनि यो सहज रुपमा स्वीकार्न तयार थिइन् ।


मैले 'ठुलो कार भएकी भाउजु' को घरमा घरेलु सहयोगीको रुपमा काम गर्नेसग पनि कुरा गरें । दिदि जस्तै उनि पनि लक डाउनको समयमा काम नगर्दा तलब नपाउने बिचारलाई लुकाउन चाहिनन् । उनले भनिन्, 'म काममा गएको छैन भने किन कोहि मलाइ यत्तिकै त्यो समयको पैसा दिन्छ ?'

 

तर मैले उनलाई सम्झाइदिएं, 'तर मोदीजीले तिर्नु पर्छ भन्नु भएको छ ।'

 

उनले मलाइ प्रहार गरिन, 'तपाईलाई लाग्छ कि कोहि सुनिरहेछ ?'

 

उनी बस्ने सकुम्बासी झुपडीहरुमा करिब ३०० परिवार छन र धेरैको मा शौचालय छैन । उनले भनिन, 'हामी सार्वजनिक शौचालय जान्छौं ।'

 

सामाजिक दुरीबारे सोचेर मैले उनलाई सोधें कि के मानिसहरु लामबद्ध भएर एक अर्कासगंको दुरी कायम गरेका छन । मलाई यो प्रश्न मेरो ओठबाट निस्किने  बित्तिकै लाज लाग्यो ।अफ्ठ्यारो स्वरमा उनले जवाफ दिईन, 'त्यहाँ जम्मा तिन शौचालय छन र मानिसहरु ३०० परिवारबाट। मलाइ पक्का छ कि तपाई अनुमान गर्न सक्नुहुन्छ।'

 

मेरा आँखाहरुले यस्ता थुप्रै कथाहरु हेरे, ती सबै मेरा मन र मुटुमा बसे । तर पनि मेरो दिमागमा वाट्सअप समुहमा आएको सन्देश याद आउँछ, 'यो कलियुग होइन, यो सत्ययुग हो ।'

 

लेखक : मिनाक्षी तिवारी (अंग्रजी अनुवाद – चित्र पद्मनाभन)

अनुबाद : नारायण न्यौपाने

 

र, यो पनि 

लकडाउन – १७

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार