'भागवत गीता पढिरहेको छु'
लकडाउनमा के गर्दै हुनुहुन्छ ?
पहिलादेखि नै व्यक्तिगत रुपमा लकडाउनमा थिए । आफनो नियमित साधनामा छु । घरमा रेर्कडिङ स्टुडियो बनाउँदै थिए । नयाँ वर्षको शुरुवातबाट म नेपाली गीतसंगीतमा प्रत्यक्ष रुपमा गायन शुरु गर्न चाहन्थे । यसको लागी मैले केही प्राविधिक कुराहरु अमेरिकाबाट मगाइसकेको थिए तर अचानक लकडाउनले सबै कुराहरुमा परिवर्तन ल्याइदियो । बाहिरका सबै क कार्यहरु तत्कालका लागि रोकिए । तर घर भित्र बसेर गर्ने मिल्ने कामहरु भने अहिले पनि निरन्तर छ ।
कसरी बित्दैछ दिन ?
लकडाउने हुने भन्ने थाहा हुन साथ नजिकका सहकर्मिहरु सँगै बसेर रेर्कडिङ स्टुडियो सम्बन्धी नै काम गर्न योजना तय भएको थियो । यो समय हाम्रो लागि संगीत साधना गर्न एउटा उपयुक्त समय सावित भयो । अहिले हामी तीनजना संगीत साधनमा रमाइरहेका छौं । यसले हाम्रो सिर्जनालाई थप सशक्त बनाउने बिश्वास छ ।
लकडाउनले काम कत्तिको प्रभावित भएको छ ?
बाहिरका कामहरुमा प्रत्यक्ष असर परिरहेको छ । निकै नै प्रभावित भएको छन कामहरु । भित्रै बसेर गर्ने कामहरुमा भने कुनै अबरोध आएको छैन ।
अरु बेला गर्न नभ्याएको के कस्ता कामहरु सम्पन्न गर्नुभयो ?
म अहिले संगीतमा नै व्यस्त छु । अरुबेला पनि प्राय संगीत कै काममा हुन्थे । अरुबेला गर्न नभ्याएको काम खासै त्यस्तो छैन ।
किताव पढ्ने चलचित्र हेर्ने केहि ?
अहिले संगीत साधनाको लागी शान्त माहोल बनेको छ । यतीबेला भागवत गीता पढ्दा आन्नद आउँछ ।
समय तालिकामा के फेरबदल पाउनुभयो ?
म प्राय घरमा नै बस्ने हुनाले दैनिक कामहरुमा खासै फेरबदल भएको छैन । बाहिरी कामहरुमा भने केही फेरबदल भएको छ । अहिले सबैजसो कामहरु रोकिएको छ ।
यो समयमा सबै भन्दा धेरै के मिस गर्नुभयो ?
मलाई अति नै माया गर्ने मेरो आमा र अन्य परिवारका सदस्य । प्रदुषणमुक्त भएको प्रकृतिलाई नजिकबाट महसुस गर्न नपाएकोमा दुखी छु ।
लकडाउनमा रहँदाको रमाइलो कुरा ?
कहिले आँट गर्न नसकेको कुरा मैले युटुयुवमा च्यानल खोले । च्यानलको नाम म्युजिक होम नेपाल भनेर राखेको छु । आफुसँग राम्रो स्रोत साधन उपकरण नभएपनि यो अफ्ठ्यारो समयमा मलाई माया गर्नेहरुलाई मैले सृजना गरेको संगीत म र मेरा साथीहरुको आवाजबाट सुनाउने मौका पाएको छु । मेरो संगीतलाई सुनेर खुशी हुनेहरुसँग खुशीमा हामी रमाइरहेका छौं ।
प्रतिकृया दिनुहोस