• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
रंगमञ्च

'बिवाह पछिको लकडाउन नै मेरो लागि रमाइलो कुरा भयो' 

लकडाउनमा के गर्दै हुनुहुन्छ ?
घरमा बस्यो । समाचारहरु हेर्यो, नयाँ पुराना फिल्महरु हेर्यो । म मिठो खाना पनि बनाउँछु । अहिले त भर्खर भर्खर बिवाह भएको छ । श्रीमतीसँग तीता मिठा कुराहरु गर्यो । यही नै हो । 


लकडाउनले काम कत्तिको प्रभावित भएको छ ?
लकडाउनले कामलाई धेरै नै प्रभावित बनाएको छ । दुईवटा फिल्मको सुटिङमा जाने तयारी थियो तर सबै लकडाउनले रोकिदियो । मण्डला थिएटरमा कक्षाहरु भईरहेका थिए ती सबै रोकिएका छन् । यो हिसाबले काम त प्रभावित भएको नै छ । 

 

अरु बेला गर्न नभ्याएको के कस्ता कामहरु सम्पन्न गर्नुभयो ?
मेरो त्यस्तो केही पनि सम्पन्न गर्नुपर्ने खालका काम थिएन । 

 

किताव पढ्ने चलचित्र हेर्ने केहि ?
मेरो लागी किताब पढ्ने चलचित्र हेर्ने बिशेष भयो । यो समयमा मैले धेरै फिल्महरु नै हेरे । 

 

 

समय तालिकामा के फेरबदल पाउनुभयो ?
समय फेरबदलले  अल्छी बनायो । कतै निस्कनु परेको छैन । अब समय अनुसार केही पनि भएको छ । बिहान देखि बेलुकासम्म घरमा नै हुने भएकोले समय तालिका पुरै परिर्वतन भएको छ । म प्राय हिडिरहने भएको हुनाले पनि मलाई यस्तो लागेको हुनसक्छ । 

 

यो समयमा सबै भन्दा धेरै के मिस गर्नुभयो ?
यो समयमा सबैभन्दा बढि मिस भएको मेरा साथीभाई नै हुन । म चियाको एकदमै पारखी हुँ । मलाई साथीभाईसँग चिया पिउँदै गफिन एकदमै मन हुने हुनाले पनि उनीहरुलाई धेरै मिस गरिरहेछु । अरु मिस भएको भनेको काठमाडोंको 'धुवाँ-धुलो' र गाडिहरुको 'टीटी,ट्वा ट्वा' नै हो । 

 

लकडाउनमा रहँदाको रमाइलो कुरा ?
लकडाउनले रमाइलो त के हुन्छ र । तर पनि मेरो लागि बिवाह पछि सिधै लकडाउन हुनु नै धेरै रमाइलो कुरा भयो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार