• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
डबली

खरानीभित्र

कविता

खरानी भित्र–
जिउँदो इतिहास लुकेको हुनसक्छ
खोेतल्दैछु

 

यहाँ, प्रेम जलेको पनि हुनसक्छ
त्यसैले खोतल्दैछु मुटुको तातो–रातो ढुकढुकी
यहा, अक्षरहरु जलेका पनि हुनसक्छन्
त्यसैले खोतल्दैछु सभ्यताको आदिम पाठशाला

 

जलेको पनि हुनसक्छ यहाँ–
कसैले कसैलाई लेखेको प्रेम पत्रको सबैभन्दा पुरानो लिपी
कसैको नाम जलेको हुनसक्छ
कसैको गीत जलेको हुनसक्छ

 

त्यसैले खोतल्दैछु खरानीभित्र
कतै मेरै अनुहार पो जलेको छ कि ?


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार