• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

अब सित्तैमा १०० रिचार्ज

काठमाडौं । कोभिड-१९ को महामारीले अहिल बिश्व स्तव्ध भईरहेको बेला फोन, मोवाइलले धेरै कामहरु गरिरहेको छ ।

 

यही कुराहरुलाई बिचारमा राखेर हामी उठ्नेछौं (वी वील राइज) फाउण्डेसनले सह्रानीय काम घोषणा गरेको छ। एकछिन मै मोबाइलमा न्यूनतम १०० रुपैयाँ ब्यालेन्स राख्ने। यो कामको थालनी बिहीबार अपरान्हबाट नै शुरु भएको फाउण्डेसनका संस्थापक निर्मल श्रेष्ठले बताए।

 

दुरदराजमा गाउँमा त झनै समस्या होला भनेर यो सोच बनाएका हौ । कति जनता बोर्डर तीर पनि अड्किनु भएको होला वहाँहरुलाई कम्तिमा अफ्ना परिवारसँग कुरा मात्र गर्न पाउँदा पनि ठूलो राहत पुग्न सक्छ भन्ने पनि हाम्रो सोचाई हो भन्छन्, फाउण्डेसका अपरेसन निर्देशक अनुप कुमार बराल । उनी थप्छन्, कोरोनाको सङ्क्रमण बाट देशलाइ बचाएर समग्र राष्ट्र कोरोनाबाट परेको आर्थिक भारबाट छिटो भन्द छिटो  माथी उठ्नु पर्छ। घरमा बसौं सम्पर्कमा रहौ ।

 

यस्तो सहयोग सुरुमा ५०० जनालाई गरिने उनले बताए ।  त्यसपछि फेरी आवश्यकता अनुसार  यसलाई थप गर्न सकिन्छ । हामी यस्तै अरु सहयोगका कामहरु पनि गर्ने सोचमा छौं । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार