लकडाउनमा बिक्की र कट्रिनाको प्रेमको चर्चा
मुम्बई । बिक्की कौशल र कट्रिना कैफ केहि समयदेखि नजिक हुँदै गएको कुराको चर्चा ताजै छ । हाल उनीहरु कुनैपनि फिल्म वा अन्य कार्यक्रममा जोडिएका छैनन्,सगै खाएको वा हिडेको देखिदैनन् तर पनि बलिउडमा उनीहरु एक अर्काको प्रेममा रहेको हल्ला चलिरहेको छ । तर योबारे दुबैजना बिक्की कौशल र कट्रिना कैफ मौन बसेका छन ।
कोरोना र लकडाउनको बेला उनीहरु दुवै आ आफ्नो घरमा छन् । खाली समयमा दुवैजना सामाजिक सञ्जालमा एकदमै क्रियाशील भएको देखिन्छन् । यी दुईबिच प्रेम रहेको कुरा उनीहरु सामाजिक सञ्जालमा धेरै हिमचीम देखिएको हुनाले पनि हुन सक्कने धेरैको ठहर छ ।
जब प्रधानमन्त्री मोदीले लकडाउनको घोषणा गरे, त्यसपछी दुवै कट्रिना र बिक्कीले सामाजिक सञ्जालमा धेरै पोस्ट शेयर गरे । उनीहरुले सबैलाई लकडाउन मान्न र कोरोनाबाट बच्न अनुरोध पनि गरे । लकडाउनमा एकातिर कट्रिनाले कुच्चो लगाएको र भाडाकुडा धोएको भिडियो पोस्ट गरेकी छिन् भने अर्कोतिर बिक्कीले आफ्नो आमासँग समय बिताएको तस्बिर राखेका छन् ।
यसपछि तीन दिन दुवैजनाले सामाजिक सञ्जालमा केहि कुरा पोस्ट गरेन्न । जब मोदीले प्रधानमन्त्री रिलीफ फण्डको लागि सहयोग मागे। यी दुवैले एकैदिन सामाजिक सञ्जाल मार्फत नै सहयोग दिने घोषणा गरेका थिए ।
यसरी दुवै एकै समय र एकै मितिमा सोसियल मिडियामा आउनु र त्यसबाट फेरी दुबै गायब हुनाले दुबै एकअर्काको प्रेममा छन भनेर अड्कल गरिएको छ । कट्रिना कैफ अक्षय कुमारसँग सूर्यवंशीमा देखिन तयार छिन भने बिक्कीका केहि फिल्महरु रिलिज हुने तयारीमा छन् ।
प्रतिकृया दिनुहोस