• सोमबार १-१७-२०८१/Monday 04-29-2024
अर्थ

चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जादातालाई सहुलियत घोषणा गरेको छ ।

 

कोरोना भाइरसको संक्रमणसँगै अर्थतन्त्रमा पर्न गएको असरलाई मध्यनजर गर्दैे चैतमा बुझाउनु पर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा हुने राष्ट्र बैंकले जनाएको छ । देशभर लकडाउन गरिएका कारण कर्जा भुक्तानी गर्न असहज परिस्थिति भएकाले बैंकले सो निर्णय गरेको हो ।

 

यस सम्बन्धमा राष्ट्र बैंकले आजै सर्कुलर पनि जारी गरेको छ । यदी चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिकर त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।

 

त्यस्तै राष्ट्र बैंकको पुनर्कर्जा कोषको आकार ६० अर्ब बनाइएको छ। उत्पादनमुलक उद्योगी व्यसायीलाई सहुलियत व्याजमा यो कोषबाट ऋण लिन पाउने व्यवस्था छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार