• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
राजनीति

गायिका राउतलाई थुनामा राख्नु गलत : वली 

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छिन् ।

 

अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उहाँले राउतको मुद्धामा यस्तो अवस्था नभएपनि थुनामा राख्नु गलत भएको बताइन ।

 

‘कानुनको मिसयुज भएको छ । फैजदारी अभियोगमा माफि पाएर उन्भिुक्ति पाउनुपर्छ भन्ने छैन् । तर उसले गैर कानुनी कार्य गरेको छ की छैन् । अस्थाले कानुनले कानुननले निषेध गरेको छ छैन भन्ने हेरिनुपर्छ । गालि गलौच गरेको पनि छैन् । अपशब्द पनि गरेको छैन् । कानुननले जे जे गर्नुहुन्न भनेको छ त्यो गरेको देखिँदैन त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था देखिएको छैन्’, वलीले भनिन् । बदनियत राखेर थुनामा राखिएको उल्लेख गर्दै उनले यसबाट स्वतन्त्र रुपमा बयान नहुन सक्ने तर्फ आशंका व्यक्त गरिन् ।

 

प्रमुख जिल्ला अधिकारीले एक वर्ष भन्दा बढी कैद गर्ने अधिकार नभएको बताउँदै वलीले राउतलाई तारेखमा राखेर अनुसन्धान गर्न सकिने भएपनि त्यसो नगरिएको उनको भनाई थियो ।‘ सिडियोले यस्तो सामान्य घटनामा कसरी थुन्ने आदेश दिन सक्छ ।

 

उजुरी गर्नासाथ यसरी थुन्ने आदेश दिने हो भने फैजदारी न्यायको मुलमर्म नै नष्ट हुन्छ । पहिले सुन्ने अनि थुन्ने हो । प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ’, वलीले बताइन ।  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार