• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

आज नवनिर्वाचित सभामुख सापकोटा विरुद्ध सुनुवाइ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार हेर्न नमिल्ने भएपछि सोमबारका लागि पेसी तोकिएको छ । 

 

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आइतबार पेसी तोकिएको थियो तर सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीको हैसियतले बहस गरेको हुनाले आइतबार मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो । 
    

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो । 

 

प्रतिनिधिसभाले आज सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने भोलि सोमबारका लागि तय भएको छ । 
     

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्ण रूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार