सुनको भाउ प्रतितोला २ सय रुपैयाँ महंगो, चाँदी स्थिर
काठमाडौं । आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदी स्थिर छ ।
आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो शनिबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार भने तेजाबी सुन नेपाली बजारमा प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिनपनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस