• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

माघ ४ बाट मण्डलामा पिकेको 'झिम्के मामा' 

काठमाडौं । ‘झिम्के मामा’ चरित्र प्रधान नाटक हो, नाटकमा पात्रहरुको माध्यमबाट एउटा समाजको चित्रण गर्न खोजिएको छ ।  

 

देउराली भन्ने पहाडी श्रेत्रको काल्पनिक गाउँ छ । देउरालीको छेउछाउका सात गाउँसम्म फैलिएको बस्तीहरुमा बाहुन समुदायको बाहुल्यता रहेको हुन्छ । पोखरेल टोल, खड्का टोल, कट्टेल टोल आदी र यी सवै गाउँहरुको प्रमुख केन्द्रको रुपमा देउराली रहेको छ । नाटक यीनै कुराहरु भित्र रुमलिएको छ ।

 

झिम्के मामा सामाजिक यथार्थवादि हो । समाजमा जकडिएर रहेको जातीय विदेभले मानवतालाई कसरी पतन गरिरहेको छ भन्ने विम्ब नाटकमा पस्कन खोजिएको छ । एक व्यक्ति किन अर्को समुदायमा अटाउन सक्दैन भने सामाजिक व्यङ्गय हो । सामाजिक संरचनाले सृजना गरेको सामाजिक विभेद र त्यसले समाजमा निमत्याको परिणामको झल्को हो, नाटक 'झिम्के मामा' ।

 

प्रदिप कुमार चौधरी (पिके) को निर्देशन रहने नाटक माघ ३ गते बाट माघ २६ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुँदैछ । अंकित खड्का, अनुप न्यौपाने, संयोग गुरागाई, सागर खाती कामी, रिता श्रेष्ठ, उमेश श्रेष्ठ, काव्य बराल, सुशिल पाण्डे, बिकास पन्त लगाएतका कलाकाहरुको नाटकमा अभिनय रहेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार