चलचित्र निर्माता तथा वितरक गोविन्द शाही पक्राउ
काठमाडौं । चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई पक्राउ गरेको छ ।
बुधबार जिल्ला अदालत, काठमाडौंबाट आपराधिक विश्वासघात सम्बन्धी कसूरमा शाहि माथी दुई दिन म्याद थप गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुल बहादुर थापाले जानकारी दिए ।
अब अदालतबाट दुई दिन थुनामा राख्ने अनुमति पाएका छौं, उनीमाथि अनुसन्धान शुरु गर्छौ, थापाले भने । चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोप निर्देशक चाम्स र निर्माता खड्काको जाहेरीमा लगाइएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस