• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
देश/प्रदेश

गुठी विधेयक खारेजी माग गर्दै माइतीघरमा खबरदारी सभा

काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ। विधेयक फिर्ता भएपछि पनि खबरदारी स्वरुप गुठीयारहरुले बृहत् सभा गर्दैछन्।

 

बैसाख १७ मा यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो। फिर्ता लिइए पनि पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका कायमै रहेको भन्दै आज खबरदारी गर्नुपरेको आयोजकको भनाइ छ।

 

गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकारका लागि खबरदारी गर्न आयोजित प्रदर्शन एवं खबरदारी सभामा ठूलो जनसहभागिता देखिएको छ ।

 

विभिन्न स्थानबाट र्‍यालीसहित गुठीयारहरु माइतीघर आएका छन् र उनीहरुले ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका छन् । त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट जुलुस निकालिएको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार