‘कान्स फिल्म फेस्टिभल’ स्टाइल कपि गरेको आरोप
काठमाडौं । नेपाली नायिका प्रियंका कार्की कान्स फिल्म फेस्टिभलमा पहिलो पटक सहभागी भैरहेकी छिन् । उनी नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पुगेकी छन ।
कहिले दीपिका पादुकोण र कहिले प्रियंका चोपडाको स्टाइल कपि गरेको भनेर प्रियंका कार्कीको आलोचना पनि भएको छ ।
कार्की नर्वेजियन फिल्म फेस्टिभल, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट, बुक लञ्च र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुनेछिन् ।
१४ मे देखि २५ मे सम्म आयोजना हुने फेस्टिभलमा कार्कीले डिजाइनर सिवाङ्गी प्रधानले डिजाइन गरेका पहिरन लगाइरहेकी छिन् ।
यो कान्स फेस्टिभलको ७२ औं संस्करण हो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस