नेहा कक्कड काठमाडौं आउने
काठमाडौं । आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण समेत चर्चामा आउने गरेकी बलिउडकी प्रख्यात गायिका नेहा कक्कड काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् ।
आगामी जेठ २५ गते शनिवार ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा उनले आफ्नो प्रस्तुती दिनेछिन । ‘नेहा कक्कड लाइभ’ कार्यक्रममा उनले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।
कन्सर्टमा कक्कडको ब्याण्डका संगीतकर्मी तथा यस सिजनको ईन्डियन आईडलका टप टेन प्रतिस्पर्धिहरु समेत गरेर कुल १८ जना संगीतकर्मीहरुको प्रस्तुत रहने छ ।
पारामाउन्ट ईन्टरटेन्मेन्टले कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।
कन्सर्ट आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ ।
प्रतिकृया दिनुहोस