• शनिबार १-२९-२०८१/Saturday 05-11-2024
देश/प्रदेश

चैतभित्रै प्रतिबन्ध फुकुवा नगरे आमहडताल गर्ने विप्लवको चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। नेता विप्लवले पार्टी स्थायी समिति बैठकले  विज्ञप्ति जारी गर्दै आफूहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेका छन् ।

 

विप्लवले जारी गरेको विज्ञप्तीमा चैत्रभित्र प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि नै प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।

 

नेता विप्लवले पार्टी स्थायी समिति बैठकले मंगलबारदेखि चरणबद्ध संघर्षका कार्यक्रम तय गरेको समेत जनाएका छन्।

 

चैत २४ सम्मका लागि घोषित कार्यक्रममा देशभर चोक जुलुस, कोणसभा, मशाल जुलुस, अन्तर्क्रिया, जनसभा, कालो झन्डा देखाउने तथा विभिन्न जनवर्गीय संगठनहरुले समेत विरोध गर्नेलगायत छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार