• सोमबार २-७-२०८१/Monday 05-20-2024
देश/प्रदेश

आज आमाको मुख हेर्ने दिन

काठमाडौं ।  आज आमाको मुख हेर्ने दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । 

 

 धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ ।आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । 

 

पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुनेहरुले उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को  पूजाअर्चना गर्छन् । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार