• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
खेलकुद

आजबाट ‘दोश्रो पेसापालो च्याम्पियनसिप’ शुरु 

काठमाडौं । नेपाल पेसापालो संघको आयोजनामा ‘दोश्रो पेसापालो च्याम्पियनसिप’आजबाट सुरु भएको छ । कपन, ह्याण्डबल ग्राउण्डमा  बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा उक्त खेलको उद्घाटन गरिएको थियो ।

 

कार्यक्रममा नेपालका लागि फिनल्याण्डका राजदुत पेर्टी एन्टिनेन, नेसनल प्याब्सनका अध्यक्ष रितुु राज सापकोटा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष सम्भु भट्टराई, बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष भक्त सिम्थाली, नेपाल पेसापालो संघका अध्यक्ष पारसमणि दाहाल, उपाध्यक्ष प्रबोध प्रभाकर, कोषाध्यक्ष विनय श्रेष्ठ, फिनल्याण्डका अन्तराष्ट्रिय प्रमुख कोच जुहा एन्टिनेन लगायतको उपस्थिति रहेको थियो ।

 

उद्घाटन कार्यक्रममा सांगितिक प्रस्तुती एवं कराँते प्रदर्शनी  गरिएको थियो । दुई दिनसम्म चल्ने उक्त पेसापालो च्याम्पियनसिपलाई लिग चरण र सेमिफाइनल देखी नकआउट चरणमा प्रतियोगिता गरिने जनाइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार