• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
देश/प्रदेश

हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ : वरिष्ठ नेता खनाल

इलाम। पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताए ।


 

इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले  मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिएका छन ।

 

सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्नेमा उनको जोड थियो । उनले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले भने, “राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ, हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ ।”

 

पर्यटन वर्षको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न गत मङ्सिर १४ गतेबाट सञ्चालित महोत्सव १८ गते सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार