• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
देश/प्रदेश

महिलाको दुवै स्तन काटेर फरार

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा अज्ञात समूहले एक महिलाको दुवै स्तन काटिदिएर फरार भएको छ ।

 

बुधबार दिउँसो करिब १ बजे स्थानीय खकुवाखोलामा कपडा धुन गएकी ३० वर्षीया तीमहिलालाई मुखमा कालो पट्टि लगाएर आएका २ जनाले स्तन काटेर फरार भएको जिल्ला प्रहरी भोजपुरले जनाएको छ।

 

कपडा धोइरहेकी ती महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले बताए।

 

घाइतेको स्वास्थ्य चौकी दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार