• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न नहुँने : प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भारत सीमा विवादलाई अन्तर्राष्ट्रियकरण अहिले नै गर्ने बेला भइनसकेको बताएका छन् । सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले अहिले तत्काल दुई देशबीच उच्चस्तरीय कूटनीतिक पहल मार्फत नै सीमा विवाद हल गरेर अघि बढ्नु पर्ने बताएका हुन्।

 

सीमा विवादलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्नु पर्ने समय आइनसकेको र हतार गरे त्यसले नेपाललाई नै फाइदा नगर्ने उनको भनाई छ। ‘मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो,‘यस विषयलाई तत्काल अन्तराष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाइदा गर्दैन ।’

 

यस्तै छलफलमा सहभागि भएका गृहमन्त्री रामबहादुर थापा बादलले भारतले कव्जा गरेको भुमि नेपालको भएकाले यसको रक्षा गर्न र फिर्ता गर्नुपर्ने बताए । उनले भने–‘त्यो भुमि हाम्रै हो , हामी सीमाको सुरक्षा गर्छौ र भुमी फिर्ता ल्याउँछौ।’ उनले कुटनीतिक र राजनीतिक विकल्पबाट वार्ता गरेर समस्या समाधानका गर्नुपर्ने बताए ।

 

बैठकमा सहभागी भूमि व्यवस्थामन्त्री पदमा अर्यालले नेपालको हाल प्रयोगमा रहेको नक्सा त्रुटिपूर्ण रहेको स्वीकार गर्दै लिम्पियाधुराको काली नदी नै नेपाल भारत सीमाना भएको बताएकी थिइन् ।

 

समितीको सभापति शशी श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएकी हुन् । यस्तै नयाँ नक्सा अनुसार पाठ्यक्रमहरुमा सुधार गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार