• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
अर्थ

लमजुङको फलेनी मा.वि का विद्यार्थीहरुलाई जनता बैंकले दियो स्कुल ब्याग

लमजुङ । दोर्दी गाउँपालिका हिले बजार स्थित श्री फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकको तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ ।

 

लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेको छ ।


 ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमका बिच दोर्दी गाउँपालिकाका अध्यक्ष श्री ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक श्री हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका थिए ।


जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत बर्षहरु देखिनै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ । 

 


जनता बैंकले हाल देश भर कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 


  साथै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार