• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

रेश्मा र अनिलको ‘सोल्टिनी मैच्याङ’ मा मरिष्का पोखरेल (भिडियो सहित)

काठमाडौं । गायिका रेश्मा बोम्जन तथा गायक अनिल लामाको स्वरमा तयार पारिएको गीति संग्रह ‘सोल्टिनी मैच्याङ’ काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । एल्बममा तामाङ सेलो शैलीको गीत समावेश गरिएको छ । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उक्त एल्बम विमोचन गरिएको हो ।

 

विमोचित एल्बममा तामाङ सेलो शैलीका चार वटा गीतहरु समावेश छन् । शीर्ष गीत ‘सोल्टिनी मैच्याङ’ मा रेश्मा र अनिलको स्वर सुन्न सकिन्छ । यो गीतमा गायक अनिल लामाकै संगीत निर्देशन छ भने शब्दहरु साङ्गे ब्लोन तामाङले रचना गरेका हुन् ।

 

एल्बममा समावेश ‘गोरी गोरी मैच्याङ्’ मा गायिका रेश्मा बोम्जन तथा रमित लामाको स्वर छ भने केशव विश्वकर्माको शब्द तथा पुष्कर सुनुवारको संगीत निर्देशन छ । एल्बमको तेस्रो गीत ‘होइ च्याङ्बा’ पनि गायिका रेश्माकै स्वर सुन्न सकिन्छ भने देव पुनको शब्द तथा संगीत निर्देशन छ ।

 

एल्बमको ‘पोङ्दीको मेला’ मा भने गायक अनिल लामाको स्वर छ भने गीतमा शब्द तथा संगीत पनि लामाले नै तयार पारेका हुन् । समारोहमा एल्बममा समावेश ‘सोल्टिनी मैच्याङ’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।

 

गायिका रेश्मा तथा गायक अनिलले उक्त गीतमार्फत दर्शकको मन छुने प्रयास गरेका छन् । उक्त गीतमा पवन वाङ लामाको संगीत संयोजन रहेको छ भने मित्र लामाले गीतलाई मिक्सिङ गरेका हुन् ।

 

राहुल बराइलीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जयनन्द लामा,मरिष्का पोखरेल, नविन राई, कुमार लामा, रश्मी तामाङ, निराञ्जली लामा, रेशम फिरीरी तथा मरिष्का पोखरेलले अभिनय गरेका छन् । भिडियोमा राज लामाको कोरियोग्राफी छ । हाइलाइट्स नेपालको यूट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार