• आइतबार ८-६-२०८३/Sunday 11-22-2026
देश/प्रदेश

पर्वतीय मुद्दाले अन्तर्राष्ट्रिय मान्यता पाओस् : सांसद सुवेदी

काठमाडौं।संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप ३१ का औपचारिक कार्यक्रमहरू सम्पन्न भएका छन्। महत्त्वपूर्ण वार्ताहरू अझै जारी छन् र आज साँझसम्म अन्तिम निर्णय  आउने अपेक्षा गरिएको छ।

 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले सम्मेलनका क्रममा विभिन्न देशका प्रतिनिधिहरूसँग भएका छलफल तथा वार्ताहरूलाई नजिकबाट नियाल्दै पर्वतीय क्षेत्र, हिमनदी र हिमालमा आश्रित समुदायहरू जलवायु परिवर्तनका प्रतिकूल असरबाट अत्यन्त जोखिममा रहेको यथार्थलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न पैरवी गरेको जानकारी दिए।

 

 

सांसद सुवेदीले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावित निर्णयको मस्यौदा यस दिशामा एउटा महत्त्वपूर्ण सम्भावित उपलब्धि भएको बताएका छन।नेपाल र अन्य पर्वतीय राष्ट्रहरूका लागि यो जलवायु न्याय, मानव सुरक्षा र जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा रहेका लाखौँ हिमाली समुदायहरूको भविष्यसँग जोडिएको साझा सरोकार भएको उनको भनाइ छ।

 

 

 उनले भने 'सगरमाथादेखि समुद्रसम्म हिमालको आवाज विश्वले सुनोस्  पर्वतीय मुद्दाले अन्तर्राष्ट्रिय मान्यता पाओस् र हिमाली प्रकृति, सभ्यता तथा समुदायहरूको संरक्षण सुनिश्चित होस्'कोप ३१ मा आफ्नो सहभागिता सम्पन्न गरी आज नेपाल फर्किंदै गर्दा पर्वतीय राष्ट्रहरूको सामूहिक आवाज, साझा प्रतिबद्धता र जायज मागले अन्तिम निर्णयमा उचित स्थान पाउने विश्वास लिएको उनले बताए।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार