• आइतबार ८-६-२०८३/Sunday 11-22-2026
देश/प्रदेश

पूर्वसूचना प्रणाली र समुदायस्तरको सचेतना अभिवृद्धि अहिलेको आवश्यकता

काठमाडौं । क्लाइमेट एक्सन नेपालका संस्थापक अध्यक्ष उज्ज्वल उपाध्यायले  भौगोलिक अवस्था अनुसार मौसमसम्बन्धी सूचनालाई विश्लेषण नगरी सनसनीपूर्ण शीर्षकमा प्रस्तुत गर्दा नागरिकमा त्रास फैलिने गरेको बताएका छन।

 


  क्लाइमेट एक्सन नेपालको आयोजनामा ललितपुरमा आयोजित ‘जलवायु तथा विपद्सम्बन्धी सही र संवेदनशील सञ्चार’ विषयक कार्यशालामा सहभागी विज्ञ तथा जनप्रतिनिधिले मौसम पूर्वानुमान, विपद् सूचना प्रणाली र सञ्चारमाध्यमको रिपोर्टिङ शैलीमा सुधार गर्नुपर्ने बताए ।


 
 कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनालीले विपद्का बेला अस्पष्ट र अपूरो सूचना प्रवाहले नागरिकमा  त्रास थपने बताए।  यस्तै,कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यकारी समिति सदस्य विष्णुबहादुर भुजेलले माथिल्लो तटीय क्षेत्रमा आउने बाढी तथा पहिरोको असर तल्लो तटीय क्षेत्र हुँदै भरतपुर नवलपुरसम्म पुग्न सक्ने भएकाले स्थानीय सरकार पूर्वसूचना प्रणाली र समुदायस्तरको सचेतना अभिवृद्धिमा गम्भीर रहेको बताए। 

 


कार्यशालाका सहभागीहरूले जलवायु तथा विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, भौगोलिक सान्दर्भिकता, मानवीय संवेदनशीलता र नागरिकलाई सुरक्षित राख्ने उद्देश्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

 

विपद्का समयमा सञ्चारमाध्यमले सनसनीपूर्ण तथा भ्रामक सूचना सम्प्रेषण गर्नुको सट्टा तथ्यमा आधारित, संवेदनशील र उपयोगी जानकारी प्रवाह गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार